तेह्रथुम । तेह्रथुममा अवैधरुपमा भरुवा बन्दुक बोकेर हिडिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले छथर गाउँपालिका–५ का ३२ वर्षीय देवेन्द्र नेपालीलाई आज अवैध...
एकनाले भरुवा बन्दुक साथमा लिएर लुकिछिपी बस्दै आएका मन्थली नगरपालिका–११ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–११ गेलुु स्थत काउलेका ४२ वर्षीय कुमार तामाङ रहेका छन्...
मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लमजुङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङ घर भई वडा ९ साल्मे बस्ने २७ बर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको र स्थानीय मानिसलाई धाकधम्की दिनेगरेको सूराकको आधारमा खोजतलास गरी प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भोर्लेटार र नजिकैको प्रहरी चौकीबाट खोजतलास गर्नेक्रममा एउटा लोड गरेको र एउटा बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
काठमाडौँ । बारामा अवैध भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ गुम्बाटोल बस्ने सञ्जीव बल रहेका छन् । शुक्रबार उनलाई एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
बारामा अवैध भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ गुम्बाटोल बस्ने सञ्जिव बल रहेका छन् ।शुक्रबार उनलाई एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।
८ जेठ, वीरगञ्ज । प्रहरीले पर्साको पर्सागढी नगरपालिका-९ बडेर्वाबाट अवैध एकनाले बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडेर्वाकै २७ वर्षीय शिवु माझी मुसहर रहेका छन् । १२ बोरको एकनाले घरेलु बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ शिवुलाई एक नाले भरुवा बन्दुक बोकेर बडेर्वाबाट तेलियाटोलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय […]
खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राई रहेका छन् । घरमा अवैध रूपमा भरुवा बन्दुक राखेको गोप्य सूचनाको आधारमा राईलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । राईको घर खानतलासी गर्दा लुकाई छिपाई […]
काठमाडौं, १२ बैशाख । भरुवा बन्दुक सहित १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–९ हरिपुरबाट १ थान भरुवा बन्दुक सहित मिथिला नगरपालिका–३ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका ३ जनामध्ये उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ […]