काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाको पूर्वानुमान छ। ‘पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भारी वर्षाका कारण नदी नाला तथा […]