२९ जेठ, कैलाली । सरकारी वनको जग्गामा धमाधम क्याम्पसको भवन निर्माण गरिएको छ । गौरीगंगा नगरपालिकामा इलाका वन कार्यालययनजिकैको राष्ट्रिय वनमा चौमाला बहुमुखी क्याम्पसको भवन निर्माण गरिएको हो ।
सरकारले २०७४ भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट वन क्षेत्रको एक दशमलव शुन्य ५ हेक्टर जग्गा क्याम्पसलाई उपलब्ध गराएको थियो । जंगलसंगै जोडिएको …