काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । यस रणनीतिमा उल्लिखित वस्तुको विगतको निर्यातको अवस्था के कस्तो रहेको छ भन्ने विषयले भविष्यमा यस क्षेत्रमा हुने सक्ने सम्भावित उपलब्धिको समेत संकेत गर्छ । साथै विगतमा भएका कमीकमजोरीमा कसरी सुधार गर्न सकिन्छ भन्ने दिशानिर्देश समेत हुन्छ ।
नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तुमा लसुन पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा लसुनको निर्यात शून्य रहेकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. ५६ लाख पुगेको छ । निर्यातको यस प्रवृत्तिले लसुन निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको नीतिमा विशेष जोड दिन आवश्यक देखाएको छ ।