थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो । डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्याण्डमा सार्वजनिक रूपमा फेस मास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भ