काठमाण्डाै – नेपालका ५० जिल्लामा कोरोना भाइरसकाे सङ्क्रमण व्यापक रूपमा फैलिएको पाइएको छ । प्रति एक लाख मानिसमध्ये १० जनामा सङ्क्रमण भएमा त्यहाँ व्यापक रूपमा फैलिएको बुझिने र अहिले देशका ५० जिल्लामा प्रति एक लाखमा १० जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको महामारी विज्ञ डाक्टर अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा डा. श्रेष्ठले देशभरको तथ्याङ्कअनुसार प्रति एक लाखमा २७ दशमलव आठ जनालाई सङ्क्रमण पुष्टि भएको बताउनुभयो । पछिल्लो हप्ता सङ्क्रमण दर पाँच दशमलव सात प्रतिशतले घटेको छ । तर...