गायक राजेश पायल राई फिल्म 'गाउँ आएको बाटो'लाई निर्देशक नवीन सुब्बाको कमब्याक भन्न चाहँदैनन् । 'गुडबाई काठमाडौं'पछि तुरन्तै फिल्म निर्देशनमा नफर्किए पनि सुब्बा निरन्तर फिल्म क्षेत्रमै काम गरिरहेकाले 'गाउँ आएको बाटो'लाई निर्देशकको कमब्याक ठान्दैनन् उनी ।