काठमाडौंबाट लगिएका कोरोना संक्रमितको झापामा मृत्यु

काठमाडौं। झापाका एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। उनलाई ६ दिनअघि काठमाडौंको ह्याम्स अस्पतालबाट झापाको बीएण्डसी अस्पताल लगिएको थियो। मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–८ का ७० वर्षीय वृद्ध छन्। उनको सोमबार साँझ मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन्।