दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए। दुर्घटना भएको बस कर्णाली नदीको तिरमा खसेको प्रहरीले जनाएको छ।उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। घाइते