संसद्लाई प्राज्ञिक थलो बनाऔं : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसद सुवालले संसद्लाई सरकारको रबर स्ट्याम्प नबनाउन आग्रह गर्दै हचुवाको भरमा संसद्‍मा प्रस्ताव नल्याउन आग्रह गरे ।