ओमानमा कोरोना संक्रमण दर तीव्र : समयमै खोप लगाउन त्यहाँ रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई समयमै खोप लगाउन आग्रह गरको छ । ओमानमा खोप अभियान जारी नै छ । पछिल्लो समय त्यहाँ कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहेको भन्दै आफू कार्यरत कम्पनी तथा स्पोन्सरमार्फत खोप लगाउन दूतावासले आग्रह गरेको हो । दूतावासका अनुसार ओमानमा अहिलेसम्म पाँच जना नेपालीले पनि कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने केही उपचाररत छन् । ओमानमा कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका ला...