केही दिनदेखि जिल्लाका उच्च पहाडी क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । वर्षा, छार्कोसँगै हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर छ । तर हिउँ खेल्न चाहने आन्तरिक पर्यटकलाई भने यो वर्ष निकै उत्साहजनक छ । कम उचाइसम्म हिउँ परेकाले मोटरसाइकल वा जिप लिएर हिउँ खेल्न जान सहज भएको छ ।