खोरेत रोगको प्रकोप, एकै गाउँका २० पशु मरे

बैतडी : बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ।नगरपालिकाको वडा नं ५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रा लगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो।खोरेत रोगले धमाधम पशुहरू मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा २० वटा पशुहरू मरेको र २५० भन्दा बढीमा संक्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए।नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन ५ का टोलहरूमा खटिएका छन्। ३ सय भ्याक्सिन सहित तीन जना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खटाएको हो। खुट्टा