धनुषामा प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप, आठ प्रहरीसहित १३ घाइते

काठमाडौं : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पूर्व–पश्चिम राजमार्ग जाम गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।सडक खुलाउने क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको हो। झडपका क्रममा आठ जना सुरक्षाकर्मी र जनमत पार्टीका पाँच जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरेले जानकारी दिए।उनका अनुसार नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीक