‘असोज ३ कालो दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन

जनकपुरधाम : आज देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लाहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ। जनकपुरमा लोसपा धनुषाको अगुवाईमा नगर परिक्रमा गर्दै संविधानको विरोधमा प्रदर्शन गरिएको हो। जनकचोकबाट शुरु भएको र्‍याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।…