सडक सुविधा नपुगेको हुम्लामा झन्डै ४ महिनापछि खाद्यान्न ढुवानी सुरु भएको छ । टेन्डर प्रक्रियामा ढिलाइ र टेन्डरमा अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बल्ल चामल ढुवानी सुरु गरेको हो ।