बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एकजना पक्राउ, ३ सय बढी सुरक्षाकर्मी परिचालन

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फोहोर विसर्जनमा अवरोध गर्ने एकजनालाई पक्राउ गरिएको नुवाकोटका एसपी रमेश पण्डितले रातोपाटीलाई बताए । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ । बञ्चरेडाँडामा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र नुवाकोटका एसपी रमेश पण्डित नेतृत्वको टिम परिचालन गरिएको छ ।फोहोर बिसर्जन स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ  । सशस्त्र प्रहरी