बारा। बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ। डाँकालाई नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच गोली हानाहान भएको हो।
शनिबार राति जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो।