जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित

काठमाण्डाै – जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा पर्नुभएको छ । बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ काे उपनियम ३ अनुसार संसदलाई जानकारी गराउनुभएको छ । सभामुखले जानकारी गराएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो ।  यो नियमअनुसार कुनै पनि सांसद प्रहरी हिरासतमा रहेको अवस्थामा कानुनअनुसार तीन वर्ष वा त्योभन्दा धेरै अवधिको कैदको सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षका ला...