काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताएका छन्।मुस्लिम आयोगको पाचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन्। उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधानसभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जा