मेलम्चीस्थित इन्द्रावती नदीमा रोकियो अवैध उत्खनन्

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूले गर्दै आएको अवैध उत्खनन् तत्कालका लागि रोकिएको छ । नगरपालिकाले आज पत्र संख्या २०७७/०७८ को चलानी नं. २२३४ को पत्रमार्फत भोलि शनिवार बिहान ६ बजेबाट लागू हुने गरी नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको हो । नगर प्रमुख डम्बरबहादुर अर्यालको हस्ताक्षरसहितको विज्ञप्तिमा मेलम्ची नगरपालिकाभित्र पर्ने १० वटा क्रसरले गर्दै आएको अवैध उत्खनन् रोक्ने निर्णय गरेको भनिएको छ ।   नगरपालिकाभित्र सञ्चालित मापदण्डविपरीतका तीनपिप्ले निर्माण से...