गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका छन् । सर्वोच्च अदालतले पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले केन्द्रीय बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका हुन् ।‘सर्वोच्च अदालतले राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगाएको छ,’ उनले रातोपाटीसँग भने, ‘सर्वोच्चको आजको आदेशले नेपालमा नजिर स्थापित गरेको छ । यसले पछिसम्म सहज हुन्छ ।’ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गर्भनर