‘ट्राफिकसम्बन्धी ज्ञान अब पाठ्यपुस्तकमै राख्नु पर्छ’

काठमाडौं : यातायात व्यवस्था विभागले विद्यालयको प्राथमिक तहदेखि नै ट्राफिकसम्बन्धी ज्ञान पाठ्यक्रममा समावेश गराउनुपर्नेमा जोड दिएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि पाठ्यक्रममा समावेश गराउन आवश्यक रहेको विभागले औंल्याएको हो।विभागका महानिर्देशक नमराज घिमिरेले पाठ्यक्रम निर्माणका लागि सञ्चारमाध्यमबाट सकारात्मक सन्देश प्रचार गर्न आग्रह गरे। उनले थाहाखबरसँग भने, ‘हाम्रा बालबालिकालाई रातो बत्ति, सेतो बत्ति बल्दा के गर्ने, के हो भन्ने ज्ञान छैन, विद्यालयको प्राथमिक तहदेखिकाे पाठ्