काठमाडौं उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए ?

हिन्दूको महान् पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ ।

सम्बन्धित सामग्री

जो पूर्वतर्फ जाँदै छन् (तस्बिरहरू)

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको संख्या १७ लाख पुगेको छ । टीकाको दिनसम्म अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।  आइतबार बाह्रखरीकर्मी हरिशजंग क्षेत्री काठमाडौं र भक्तपुरको सीमा नजिकै रहेको मनोहरा पुल भएर पूर्वी नेपाल जाने यात्रुहरूलाई तस्बिरमा कैद गरेका छन् ।  तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

सुनसान बन्दै उपत्यका, दशैंको लागि लाखौं बाहिरिए

काठमाडौं : काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो। सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मेहम्मे परिरहेको सडकमा देख्न सकिन्छ। हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै  बढ्दो छ। अन्य समयमा शनि

दसैँ लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं

दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता  निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् ।यो संख्या झनै बढ्ने आकलन गरिएको छ । शुक्रबार पछि दर्सैंको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।ट्राफिक कार्या

दसैँमा २० लाख मानिसले उपत्यका छाड्ने अनुमान, यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन

काठमाडौं । पछिल्लो ४८ घण्टामा सडकमार्ग भएर एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । यो तथ्यांक बढेर आउँदो विजयादशमीसम्म २० लाख पुग्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनाको दिन ६० हजार ८४१ जना उपत्यकाबाट बाहिरिएका थिए ।...

सिप्रदियन सहायता संस्थाको सहयोगमा १९ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

काठमाडौं । सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखारा गरी १९ स्थानहरुमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दशैं मनाउन उपत्यका छाड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, […]

असोज १ गतेदेखि दशैँका लागि टिकट बुकिङ खुल्ला गरिने

काठमाडौं, २२ भदौ । असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । यातायात व्यवस्था विभागमा बसेको बैठकले विश्वकर्मा पुजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको जनाइएको छ । यो निर्णयसँगै उपत्यका छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बसपार्कमा दशैँमा काठमाडौं उपत्यका छाड्नेको भिड लाग्ने गर्छ ।

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

काठमाडौं । यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका छन् । यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० हजार ५०० बढी छ । महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले मानिसमा कोरोना महामारीको त्रास बाँकी नै रहेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं मनाउन घर फर्कने यात्रु कम रहेको बताए । उनका अनुसार असोज १४ गते पनि उपत्यका बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या धेरै थियो । सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म उपत्यका छाडेर जाने यात्रु ३ लाख हाराहारीमा मात्र रहेको बताए । उनका अनुसार अहिले पनि उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रु कम छन् । वर्षात्का कारण कतिपय पहाडी जिल्लामा बाटोको अवस्था राम्रो नभएकाले पनि उपत्यका छाड्ने यात्रुको संख्यामा कमी आएको उनको भनाइ छ । कतिपय पहाडी जिल्लाबाट आएका सवारीसाधन राति २ बजेसम्म पनि काठमाडौं प्रवेश गरिरहेको उनले बताए । अग्रिम टिकट बुकिङमा पनि यात्रुको खासै चासो नदेखिएको यातायात व्यवसायी बताउँछन् । बस व्यवसायी नरेन्द्र न्यौपानेका अनुसार घटस्थापना आउन ४ दिन मात्र बाँकी हुँदा पनि घर जाने यात्रु अन्य वर्षको तुलनामा निकै कम छन् ।

दशैंका लागि उपत्यका छाड्ने क्रम सुरु, कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)

चाडबाड मनाउनका लागि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएको छ ।

दसैंमा काठमाडौं छाड्ने घटे, ५ दिनमा एक लाख १६ हजार मात्रै बाहिरिए

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्षको दसैंमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा एक चौथाइले कमी

घर फर्किँदै हुनुहुन्छ ? यस्तो छ भाडादर

काठमाडौं । कोरोना भाइरसको त्रासले काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढेको छ । बिहीबार मात्रै १