पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

बैतडी : पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी गरिएको छ। तलब वृद्धिको माग गर्दै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले सबै वडामा तालाबन्दी गरेका हुन्।संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्‍याउने उल्लेख गरेको भए पनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै उनीहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन्।आइतबारदेखि आन्दोलनमा उत्रेका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिकामा गरेको तालाबन्दी पनि जारी रहेको छ। संघर्ष समिति बनाएर आफू