कुलमानको नियुक्त बदर गर्दै पद थमौतीका लागि सर्वोच्च पुगे हितेन्द्र

काठमाडौं : आफूलाई गैर कानुनी रुपमा सरकारले हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सरकारले जबरजस्ती हटाएको भन्दै उनले सोही पदमा थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन्।   कुलमान घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अवैधानिक नियुक्त गरेको उनको दलील छ। त्यही निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन…