सल्यान : कोरोना संक्रमितहरूको उपचारका लागि सल्यानका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माण गर्न थालेका छन्।नयाँ भेरियन्टसहित कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै जिल्लाका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माणमा सक्रिय भएका हुन्। बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट र सिद्ध कुमाख गाउँपालिकाले अक्सिजनसहित आइसोलेसन निर्माण गरेका छन्। बनगाड कुपिण्डेले अक्सिजन सहितको ५ र नर्मल १० गरी १५, छत्रेश्वरीले १०, सिद्ध कुमाखले अक्स