प्रदेश राजधानी घोषणा भएको चार वर्षमा पनि अघि बढेन पूर्वाधारको काम

धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएको असोज १२ गते चार वर्ष पुगेको छ। तर, स्थायी राजधानी घोषणा भएको गोदावरीमा पूर्वाधार निर्माणको काम भने अघि बढ्न सकेको छैन ।विसं २०७५ असोज १२ गते तत्कालिन प्रदेश नं. ७ प्रदेशसभा बैठकले कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने वन क्षेत्रमा प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको थियो। प्रदेश राजधानी गोदावरी घोषणा भएको चार वर्ष पुगिसक्दा भौतिक पूर्वाधारलगायत कुनैपनि काम अघि बढ्न नसक्दा अन्यौलता देखिएको छ।सुदूरपश्चिम प्रदेश