मौसम सफा हुन अझै केही दिन लाग्ने : चिसोसँगै प्रदूषण पनि बढेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाण्डाै - मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । चिसो बढ्दै गएको छ...