सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताएका छन्। काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको पनि बताएका छन्।