नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज हुन लागेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।उनका अनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ । रेग्मीले रातोपाटीसँग भने,‘ सुर्खेतका ९९ वटै वडामा हाम्रो तयारी पुरा भइसकेको छ। सुर्खेतमा हाम्रा झण्डै ११ हजार ५ सय बढी क्रियाशील सदस्य रहेका छन् ।’ सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रिया