राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छन् । नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानछाओलाई राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।