जुम्ला-कुनै पनि बेला हुनसक्ने प्राकृतिक तथा मानवीय विपद्जन्य घटनाको प्रतिकार्यका लागि जुम्लामा झण्डै एक सय जना सामुदायिक उद्धारकर्ता तयार गरिएको छ । बाढी पहिरो, भूकम्प, आगलागी, हिमपहिरो, डुबानजस्ता विपद्जन्य घटनाबाट प्रभावित नागरिकको राहत, उद्धार तथा प्राथमिक उपचारका लागि तालिम प्राप्त एक सय सामुदायिक उद्धारकर्ता तयार गरिएको हो ।जुम्लाका तातोपानी र तिला गाउँपालिकाका महिला पुरुषलाई चार […]