डडेलधुरा : सत्तारुढ गठबन्धनले डडेलधुरामा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।गठबन्धनले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरिने भएको छ। सातै स्थानीय