नाम नबताउने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने,‘हामीलाई सहयोग गर्न पत्र पठाएका थिए, थोरै रकम दिन खोज्दा तोकेरै दुई लाखमाथि दिन भनेर दबाब दिए। तोकेका चन्दा नदिएमा कारबाही गरिने भनेपछि हामीले बाध्य भएर रकम दियौँ।’ प्रायः सामुदायिक वन समितिले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकै नाममा चेक काटेर दिएका छन्।