क्रान्तियोद्धा ‘रिचपल्या’

नेपालमा पहिलो पटक २०१५ सालमा भएको आमनिर्वाचनबाट निर्वाचित पहिलो महिला सांसद र मन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानी प्रजातन्त्रका लागि लड्ने एक्ली वीराङ्गना हुनुहुन्थेन, उहाँलाई साथ दिन सरकारी जागिर त्यागेर सङ्घर्ष गर्ने बैतडीका बलदेव भट्ट ‘रिचपल्या’ पनि हुनुहुन्थ्यो । ‘रिचपल्या’ लाई तत्कालीन सरकारले अराष्ट्रिय तत्व भनेर २०१७ सालमा गोली हानेर हत्या गरी बैतडीको कठपतेमा खाल्डोमा पुरेको थियो । यद्यपि बलदेव भट्ट ‘रिचपल्या