आयातमा कडाइ कि चाँदीका गरगहना निर्यात प्रवद्र्धन

अस्वाभाविक रूपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको भन्दै नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको हो । चालू आर्थिक वर्षको तीन महिनामा १० अर्ब १७ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च गरी १ लाख ७ हजार ९ सय १० किलो चाँदी नेपाल भित्रिएपछि सरकारको ध्यान बढ्दो चाँदी आयातमा गएको देखिन्छ । […]