काठमाडौं : मंगलबार देशभर ८१४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो। आज २९९ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रह्यो। तर संक्रमणबाट आइसियु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढ्दै छ। मन्त्रालयको आजको विवरण अनुसार हाल देशभर ३८ जना संक्रमित आइसियु र ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। यस्तै १५९ जना संक्रमित संस्