एमसीसी खारेज गर्न ओली पक्षकै सांसदको माग

नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् । सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गरिन् । &