तनहुँको शहरी क्षेत्रमा समेत कम उमेरमै आमा बन्ने गरेको पाइएको छ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने अभियान’’ कार्यान्वयनमा नआएको यस तथ्याङ्कबाट देखिएको छ ।
तनहुँका सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कमा ६२८ महिलाले शिशु जन्माएकोमा २० वर्षमुनिका १३२ किशोरी आमा बनेको दमौली अस्पतालका नर्सिङ इञ्चार्ज दीपा पाण्डेले जानकारी दिनुभयो ।