जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेपछि आउँदो बिहीबारदेखि सेवाको तालिका हेरफेर गरेको छ । कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिनसमेत आग्रह गरेको छ ।
दैनिकरूपमा नागरिकतालगायतका सेवा लिन आउनेको सङ्ख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा प्रदान गरिनेछ ।