सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन–२०२४ को तयारीमा विदेशस्थित नेपाली नियोग जुटेका छन् । तयारीस्वरूप कुनै नियोगले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने केहीले सम्बद्ध मुलुकमा रहेका व्यापारी तथा व्यवसायीसँग भेटवार्ता गरिरहेका छन् । साथै केही नियोग अझै कार्यक्रम गर्ने तयारीमा रहेको जनाइएको छ ।