नेपालको संविधान दोस्रो संशोधन विधेयक संशोधन प्रक्रियाका लागि सर्वसम्मत अनुमोदन भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको हो ।
विधेयक अनुमोदन भएसँगै अब सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गराउन पाउनेछन् । प्रतिनिधि सभा नियमावलीअनुसार संशोधनका लागि ७२ घण्टाको समय हुनेछ । संशोधन प्राप्त भएपछि सभामुखद्वारा प्रमाणित गरेर पुनः सदनमै पेस हुनेछ । आवश्यकताअनुसार प्रतिनिधि सभाले संशोधन विधेयकमा दफावार छलफलका लागि विशेष समितिसमेत गठन गर्न सक्नेछ । विशेष समिति गठन नगरी प्रतिनिधि सभामा नै दफावार छलफल र पारितको प्रक्रिया प्रारम्भ पनि हुन सक्नेछ ।