काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा हल्का पानी पर्ने छ।पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावले आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहने छ। बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ। यस्तै, पहाडी भू–भागका केह