धितोपत्र बोर्डका अध्यक्ष निलम्बित, छानबिन गर्न जाँचबुझ समिति

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्दै उनले गरेको भनिएको सेयर कारोबारबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।बोर्ड अध्यक्ष ढुंगानाले कानुनविपरीत आफन्तको नाममा […]