काठमाडौं : नेपाली कांग्रेसका नेताहरुबीच वरीयता विवाद चुलिँदै गएको छ। पार्टी सभापतिपछि दोस्रो वरीयतामा को हुने भन्ने विषयले नेताहरुबीच विवाद चुलिएको हो। १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला र हालका उपसभापति पूर्णबहादुर खड्काबीच वरीयताको विवाद चुलिँदै गएको छ।संस्थापन पक्षका खड्का र इतर पक्षको नेतृत्व गरिरहेका कोइरालामध्ये कसलाई दोस्रो वरीयताको नेता मान्ने भन्ने विषयमा कांग्रेस अहिले दुई धारमा विभाजित बनेको छ। १३ औँ महाधिवेशनमा