वैदेशिक रोजगार विभाग र कार्यालयले अनलाइन प्रणाली मार्फत सेवा प्रवाह गर्दै आएका छन् । यी निकायहरूबाट सेवा प्राप्त गर्नको लागि स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरू विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाइएको छ ।प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर पनि अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था छ । त्यतिगर्दा पनि सेवाग्राहीको नाममा बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने, कर्मचारीहरूलाई कार्यसम्पादनमा असर पर्ने खालका गतिविधि गर्दै आएको पाइएको छ । कार्यस्थलमा प्रवेश गर