महिला साफ च्याम्पियनसिपको भेन्यु मेनेजर रबिन्द्र चन्दले राजीनामा दिएका छन् । प्रतियोगिता सुरु हुन करिब एक साता बाँकी रहँदा भेन्यु मेनेजरबाट चन्दले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघको साउन २६ गते बसेको बैठकले साफको भेन्यु मेनेजरमा कार्यसमिति सदस्य चन्दलाई नियुक्त गरेको थियो । चन्दले ई–मेलमार्फत अध्यक्ष (पंकजविक्रम नेम्वाङ), महासचिव किरण राई र साफ महिला च्याम्पियनसिप आयोजक समितिका संयोजक (वीर बहादुर खड्का)लाई ‘सिसी’ गरेर आइतबार राजीनामा दिएको एन्फा स्रोतले रात