सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
संवैधानिक इजलासले मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।
साथै संविधानको धारा ७६ (५)अनुसारको प्रक्रियामा दलीय ह्वीप नलाग्ने र सांसदहरू मतदान गर्न स्वतन्त्र रहने फैसला पनि सर्वोच्चले सुनाएको छ ।
यससँगै एमाले सांसदहरूले देउवालाई विश्वासको मत दिने बाटो खुलेको छ ।
यो प्रक्रियामा मतदान गरेकै कारण दलहरूले सांसदलाई कारवाही गर्न पाउने छैनन् ।
सर्वोच्चले प्रतिनिधि सभा विघटनल...