रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप